आलुखेतीमा आत्मनिर्भर उन्मुख व्यास
तनहुँ | भदौ ४, २०७९
तस्बिर फाइल
तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भर उन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो ।
आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो । गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उहाँले बताउनुभयो । प्रतिकिलो रु ७५ को आलु रु ३७।५० मा किसानलाई अनुदानमा दिइएको हो ।
नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा रु १२ लाखको आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो ।
भदौमा आलुखेती गर्ने हो भने वर्षमा दुई मौसम आलुखेती गर्न सकिने हुँदा व्यास क्षेत्र आत्मनिर्भर बनी अन्यत्रसमेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो । तीन महिनामा उत्पादन गर्न सकिने र यहाँका खेत र पाखोमा आलु उत्पादन राम्रो हुने गरेको बताइएको छ ।
किसानले प्रतिबोरा रु तीन सय ५० देखि रु पाँच सयसम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहिआएको छ । यस वर्षदेखि प्रयोगमा ल्याउने गरी नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ । उहाँले भन्नुभयो, “चिस्यान केन्द्र बनेपछि किसानले महँगो शुल्क तिरेर ढुवानी र भण्डारमा राख्नुपर्ने समस्याको अन्त्य हुनेछ ।”
नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आव २०७९/०८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरुप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ । चिस्यान केन्द्रका लागि रु सात लाख ३३ हजार सात सय २८ बजेट विनियोजन भएको छ । चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

